back
NMB ad

बोर्डको बदमासीः उत्कृष्ट ठानेको कम्पनीमा कसरी देख्यो यत्रो चलखेल, कहाँबाट ल्यायो ईपीएस, पीई रेसियो र नेटवर्थको गलत तथ्याङक ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार १ गते ५१ कम्पनीको सेयर कारोबारमा इन्साइडरट्रेडिङ, कर्नरिङ, सर्कुलर कारोबार गरेर अस्वभाविक मूल्य बढाईयो भनेर भन्यो । एक महिना अध्ययन गरेपछि बोर्डले ५१ कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा ३०० % वा सो भन्दा बढी बढाइयो भनेर नाम सार्वजनिक गर्यो ।

बोर्डले नाम सार्वजनिक गरेको ६ वटा कम्पनी त सरकारी स्वामित्वमा रहेका कम्पनी छन् । त्यती मात्रै होइन जेठ ९ गते शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्नको धितोपत्र बोर्डले नै अनुमति दिएको हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नाम समेत ५१ भित्रै रहेको छ ।

धितोपत्र बोर्डले नै हकप्रद निष्काशनको लागि योग्य ठानेर अनुमति दिएको कम्पनीलाई तीन साता बित्न नपाउँदै त्यही कम्पनीका लगानीकर्तालाई यो कम्पनीको कारोबारमा इन्साइडर ट्रेडिङ, सर्कुलर करोबार, कर्नरिङ गरेर अस्वभाविक मूल्य बढाईएको छ भन्दै विज्ञप्ति निकाल्यो । बोर्डले यो लगायतका कम्पनीको धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी गराएको छ ।

जुन कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनको लागि जेठ ९ गते अनुमति दियो त्यी कम्पनीको सेयरमा कर्नरिङ, इन्साईडर ट्रेडिङ, सर्कुलर कारोबार भयो, ३०० प्रतिशत वा सो भन्दा बढी मूल्य बढाइयो भनेको छ । अहिले सबैको प्रश्न चाँही धितोपत्र बोर्डले यति सबै कुरा थाहा पाएर पनि कम्पनीलाई किन हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएर हकप्रदको लोभमा सोझा लगानीकर्तालाई डुबायो भन्ने मात्रै रहेको छ । त्यही मात्रै होइन अहिले बोर्डले यी कम्पनीको बारेमा अध्ययन समेत सुरु गरेको भनेर लगानीकर्तालाई त्रसित बनाएको छ ।

बोर्डले लगानीकर्तलाई अत्याउने काम मात्रै गरेको छैन, आफू नियामक निकाय हो आफुले जे गरेपनि हुन्छ भनेर मईमत्ता भएर विज्ञप्ति निकाल्दा राखेको तथ्याङ सबै गलत साबित भएको छ । यो नै बोर्डले निकालेको विज्ञप्तिको निकै रमाइलो पक्ष हो । विज्ञप्तिमा आार्थिक वर्ष २०७७-०७८ को दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको प्रतिसेयर आम्दानी, पिई रेसियो र नेटवर्थ राखियो भनेको छ ।

४ सय भन्दा बढी कम्पनीको नियमन गर्ने नियामक निकायले भनेको कुरा ठिकै होला भनेर सबैले पत्याए । त्यसको बिकल्प पनि छैन ।
तर हामीले बोर्डले नै जारी गरेको विज्ञप्तिमा केही शंका मान्दै कम्पनीको उक्त आवको दोस्रो त्रैमासको वित्तीय अवस्था र बोर्डले भनेको तथ्याङक दाँजेर हेर्यौ । कुनै पनि मिलेन छ ।

बोर्डले भने अनुसार हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा देखाएको छ । त्यस्तै पिई रेसियो ८०.२३ र नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ । यो हो धितोपत्र बोर्डको आधिकारीक दाबी । अब कम्पनीले आर्थिक वर्ष २०७७-०७८ दोस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय प्रतिवेदन हेरौ नत कति रहेछ । कम्पनीले प्रकाशित गरेको वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ १९ पैसा, पिई रेसियो ५३.३५ र नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको छ ।

यो हेर्दा धितोपत्र बोर्डले उल्लेख गरेको तथ्याङक र कम्पनीले प्रकाशित गरेको प्रतिवेदन मिलेको देखिदैन । कम्पनीको प्रतिवेदन र बोर्डले प्रस्तुत गरेको तथ्याङक हेर्दा कम्पनीको प्रति सेयर आम्दानी बोर्ड आफैले बढाईदिएको छ । पीई रेसियो २६.८८ बोर्डले नै घटाइदिएको छ । यस्तै नेटवर्थ भने बोर्डले १०९ रुपैयाँ १५ पैसालाई बढाएर १०९ रुपैयाँ ५५ पैसा पुर्याको छ ।

बोर्डले दोस्रो त्रैमासको प्रतिवेदन अनुसार उक्त तथ्याङक राखेको भनेर सबैलाई ढाँटेको छ । त्यसैले हामीले कतै बोर्डले तेस्रो त्रैमासको वित्तीय विवरणबाट प्रतिसेयर आम्दानी, पीई रेसियो, प्रतिसेयर नेटवर्थ राखेको हो की भनेर त्यो हेर्यौ ।

तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन हेर्दा प्रतिसेयर आम्दानी बोर्डले विज्ञप्तिमा भने अनुसार नै मिल्यो । अर्थात ५ रुपैयाँ १६ पैसा छ भनेको थियो । हामीले पनि यहाँ त्यही नै भट्यौ । प्रतिसेयर आम्दानी त मिल्यो अब प्रति सेयर नेटवर्थ मिल्छ होला की मिल्दैन होला भन्ने प्रश्न मनमा उब्जियो । त्यसपछि प्रतिसेयर नेटवर्थ पनि हेर्यौ ।

धितोपत्र बोर्डले दोस्रो त्रैमासको भनेको नेटवर्थ र तेस्रो त्रैमासको प्रतिवेदनमा मेल खायो । अर्थात बोर्डले भनेको जस्तो दोस्रो त्रैमासमा होईन की तेस्रो त्रैमासमा चाँही कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको पायौ । दोस्रो त्रैमासमा भनेको प्रतिसेयर आम्दानी र नेटवर्थ तेसो त्रैमासको प्रतिवेदनमा मिल्यो । त्यसपछि हामीले पीई रेसियो पनि तेस्रो त्रैमासको प्रतिवेदनसँग मिल्छ की भनेर हेर्न थाल्यो ।

बिडम्बना नै भनौ यो चाँही मिलेन । तेस्रो त्रैमासमा कम्पनीको पीई रेसियो ८१.७३ रहेछ । यो चाँही बोर्डले आफ्नै मनलाग्दी लेख्यो वा अरु कुनै कम्पनीको ल्याएर राखेको हो थाहा पाउन सकिएन । यसमा हेर्दा सामान्य लाग्ने तर बोर्डले गरेको अर्को कमजोरी के हो भने नेप्सेले हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीलाई इन्भेष्टमेन्ट सेक्टरमा राखेको छ भने बोर्डले विज्ञप्तिमा अन्य सेक्टरमा नै राखेको छ । बोर्डलाई अझै पनि हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी कुन सेक्टर अन्तर्गत छ भनेर जानकारी नभएको जस्तो देखिएको छ ।

वि.सं.२०७८ असार ४ शुक्रवार १८:४१ मा प्रकाशित

You can share this post!

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...