काठमाडौं । बुधवार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज राधी विद्युत कम्पनी र ङादी गु्रप पावरको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको हो ।
राधी विद्युतको सेयर ९.७१ प्रतिशत वृद्धि भएको हो । उक्त दिन प्रतिकित्ता १०८ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य १ हजार २२० रुपैयाँ पुगेको छ ।
यस्तै, ङादी गु्रप कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४४ रुपैयाँले बढेर ५२८ पुगेको छ ।
वि.सं.२०७८ असार ९ बुधवार १५:०३ मा प्रकाशित