काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै १ करोड १३ लाख ७१ हजार ५०६ थान मेडिकल उपकरण आायात गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै ४० हजार एम. टि.क्यू अक्सिजन, ८ केजी कोडिभ–१९ टेस्ट केटि र २ हजार ३४९ केजी स्यानिटाइजर लगायत औषधीहरु आयात भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिचुवान प्रोभिन्सएल प्रदान गरेको स्वास्थ्य सामग्री १ लाख थान मास्क र १ हजार थान प्रोटेक्टिभ सुत तातोपानी नाकामा आएको छ ।
यस्तै गैर आवासीय नेपाली संघ हङकङले प्रदान गर्ने ५० हजार अक्सिजन कन्सेन्टे«टर तथा कमाउले प्रदान गर्ने ५ थान अक्सिजन कन्सन्टे«टर गरी ५५ जना अक्सिजन कन्सेन्टे«टर केरुङ रसुवागढी नाकामा आएको छ । यसको आवश्यक सहजिकरणको लागि सम्बन्धित निकायमा समन्वय भइरहेको बताइएको छ ।
वि.सं.२०७८ असार ९ बुधवार १४:२३ मा प्रकाशित