काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न संस्थाले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले असार ६ गते आवेदन दिएको हो ।
बोर्ड अनुमित दिए पश्चात कम्पनीको आईपीओ निष्काशन हुनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार ९ बुधवार १४:१३ मा प्रकाशित