back
NMB ad

सडक सफा गर्न ब्रुमर किन्दै पोखरा महानगर, साढे २ करोड छुट्याइयो

Kumari bank ad

काठमाडौं । पोखरा महानगरपालिकाले पिच सडक पखाल्नको लागि एक थान ब्रुमर खरिद गर्ने भएको छ ।

महानगरले आगामी आवको लागि बजेट विनियोजन गर्दै अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक आवश्यकता अनुसार पखाल्न मिल्ने गरी कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्न २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आवको बजेटमा जलकुम्भी हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत संभार गरिने उल्लेख छ । महानगरले पूर्वाधार निर्माणको गुणस्तर परीक्षणको लागि स्थापना गरिएको प्रयोगशालाको स्तरोन्नति गर्ने जनाएको छ । प्रयोगशालामा यन्त्र तथा उपकरणहरु थप गरिने र यसलाई महानगरपालिकाको एउटा आम्दानी गर्ने एकाइको रुपमा विकास समेत गरिने उल्लेख छ । प्रयोगशालाको क्षमता विस्तामा १ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको सडकको लागि १ अर्ब ५३ करोड रुपैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको जनाएको छ । उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने र तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई उक्त क्षेत्र पर्यटकीय हबको रुपमा विकाशित हुने अपेक्षा रहेको छ । केन्द्रको सर्शत अनुदानबाट संचालन गरिने उक्त सडक आयोजनाको लागि आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा नै ठेक्का सम्झौता भइसकेका र आगामी आर्थिक वर्षको लागि प्रस्तावित कनेक्टिब सडकतर्फ गरी कुल १ अर्ब २० करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सहरी तथा ग्रामीण क्षेत्रमा वडा कार्यालयहरुले तोकेको प्राथमिकताको आधारमा साना तथा छोटो दुरीका सडकहरु निर्माण गर्ने प्रस्ताव गरिएको छ । प्रतिवडा कम्तिमा एउटा सडक आयोजना पर्ने गरी उक्त बजेट विनियोजन गरिएको छ । प्रचलित कानुन बमोजिम जनसहभागिता जुटाइ उपभोक्ता समितिहरुले निर्माण गर्न सक्ने यस्ता सडक आयोजनाहरुको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १४:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...