काठमाडौं । कैलालीको चुरे गाउँपालिकाले आगामी आव २०७८-०७९ का लागि ४३ करोड ७० लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।
जसमा चालुतर्फ २४ करोड ३४ लाख १० हजार र पुँजीगततर्फ १९ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष दीपादेवी साउँदले प्रस्तुत गरेको बजेमा विकासतर्फ १ करोड ६५ लाख, स्वास्थ्यका लागि ४५ लाख, कृषि र पशु सेवा तर्फ ४४ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै सडक स्तरोन्नतीका लागि ५ करोड ३६ लाख अनुमानित बजेट विनियोजन गरिएको छ ।
वि.सं.२०७८ असार १० बिहीवार १८:३९ मा प्रकाशित