back
NMB ad

काठमाडौं भित्र बाढीजन्य जोखिम रोकथाम तथा व्यवस्थापनको पूर्वतयारीमा जुट्यो महानगर

Kumari bank ad

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार गएका बर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीका समस्या हुने गरेका थिए । ‘यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न’ उहाँले भन्नुभयो ‘यसपाली सक्रिय मनसुन छ । त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी छ ।’

श्रेष्ठका अनुसार अहिले अनामनगर, सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरु, त्रिपाल, भ¥याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ भने दमकललाई तैनाथ समेत गरिएको छ । श्रेष्ठले काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित मोवाइल ९८५१०–२४३०५ मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ । ‘हामी तत्काल विपद व्यवस्थापनमा खट्नेछौँ’ उहाँले भन्नुभयो ‘भारी बर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकोले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल महानगरमा सम्पर्क गर्न गर्नुहोला ।’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यका अनुसार यो बर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन सुरु भएको छ । अन्य बर्षहरुको मनसुन सुरु हुँदा यति सक्रिय हुँदैनथ्यो । यस बर्ष शुरुवातबाट नै सक्रिय छ । वैद्यका अनुसार न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा बर्षा भइरहेको छ । क्षेत्रमा भारी बर्षासहित चट््याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

वि.सं.२०७८ असार १३ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...