back
NMB ad

सेबोनले वस्तु विनियम बजार कार्यविधि असार १५ गतेबाट लागु गर्ने, साउन अघि नै आवेदन माग्ने तयारी

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनियम बजार सम्बन्धि कार्यविधि तयार गरेर असार १५ गतेबाट कार्यान्वयनमा ल्याउने भएको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कार्यविधि तयार भएको र असार १५ गतेबाट कार्यान्वयनमा ल्याउन लागेको बताउनुभयो । उहाँका अनुसार कार्यविधिमा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिने प्रकृया तथा अनुमति दिन इन्कार गर्न सक्ने अवस्था, पूर्वाधार तयार गनुपर्ने, कारोबार सञ्चालनको स्वीकृति, नविकरण, सञ्चालक सम्बन्धी व्यवस्था समावेश गरिएको छ ।

कार्यविधि १५ गतेदेखि लागु भएपछि त्यसैको आधारमा आवेदन माग गरिने उहाँको भनाई छ । अध्यक्ष ढुंगानाका अनुसार त्यही कार्यविधिमा आधारित रहेर असार मसान्त भित्र नै असार भित्रै आवेदन माग गर्ने तयारी रहेको उहाँको भनाई छ ।

यता सरकारले पनि आगामी आवको बजेटमा यो विषय समावेश गरेको छ । बजेटमा नै आगामी आवमा बस्तु विनियम बजार सञ्चालमा ल्याउने उल्लेख गरेको छ । आगामी आवबाट यो सञ्चालनमा ल्याउनको लागि धितोपत्र बोर्डलाई आवश्यक गृहकार्य गर्न निर्देशन समेत दिइसकेको छ । सरकारले आगामी आवको बजेटले बस्तु विनियम बजार सुरु गर्ने अठोट गरेकोले त्यसको गृहकार्य गर्न निर्देशन दिएको हो ।

वि.सं.२०७८ असार १३ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...