काठमडौं । साताको दोस्रो कारोबार दिन चन्द्रागिरी हिल्स्को ८६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
सोमबार कम्पनीको सेयर मूल्य भने ६ रुपैयाँले मात्र वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य शून्य दशमलव ३८ प्रतिशतले मात्र बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५७० रुपैयाँ पुगेको छ ।
उक्त दिन कम्पनीको ५ हजार ४८८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार १४ सोमवार १६:५८ मा प्रकाशित