back
NMB ad

नेपालमा अब डिजिटल भिसा प्रणाली, अध्यागमन नयाँ युगमा प्रवेश गरेको छ: उप्रधानमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अध्यागमन विभागले विदेशी नागरीकलाईजारी गर्ने ४५ बर्ष देखि प्रचलनमा रहेको हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीमा प्रवेश गरेको छ ।

सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्नु भएको छ । पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने र सिस्टमबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुनेछ ।

कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ ।

अब नेपालको भिसा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा  लागू गर्न सकिने भएको छ । हाल विभागबाट शुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको छ ।

सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको बताउननुभयो । उहाँले सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने बताउनुभयो ।

भिसामा गरिएको प्रविधियुक्त सुधारले नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उहाँको भनाई छ ।

साथै नेपाललाई विदेशिले चिन्ने पहिलो आखाँ अध्यागमन, अन्तर्राष्ट्रिय एअरपोर्ट र अध्यागमन प्रशासन भएकोले यसको सुधारले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आई सेवाग्राहीले सुधारको महशुस गर्ने उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले वर्तमान सरकारको डिजिटल नेपाल फ्रेमवर्क वमोजिम नै यो सेवा प्रारम्भ भएको र आगामी दिनमा सवै सरकारी सेवा विद्युतिय माध्यमबाट दिने कार्यमा सरकारले तिब्र रुपमा काम गरि रहेको जानकारी गराउनुभयो ।

वि.सं.२०७८ असार १४ सोमवार १८:०४ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...