back
NMB ad

‘राजस्व संकलनमा कोरोनाले प्रत्यक्ष असर गरेपनि अवस्था सन्तोषजनक’

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठक सम्पन्न गरेको छ ।

बैठकमा विभागका उप-महानिर्देशक शिवलाल तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा राजस्व चुहावट जोखिमका क्षेत्रहरु, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौतीहरु र अपनाउनुपर्ने रणनीतिहरु, कोभिड–१९ र यसले राजस्व संकलनमा पारेका असरहरु समेटिएका थिए ।

कार्यपत्रमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णयहरु र कार्यान्वयनको अवस्था साथै जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्वन्धमा समेत छलफल गरिएको थियो ।

बैठकमा समितिका सदस्यज्यूले राजस्व संकलन तथा चुहावटमा कोभिड-१९ को असरको हालसम्मको अवधिमा राजस्व संकलनमा प्रत्यक्ष असर परेपनि समग्रमा राजस्व संकलन सन्तोषजनक नै रहेको तथ्याङ्कले देखाएको बताउनु भएको छ ।

बैठकमा कोभिड-१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने, राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने विषयमा समेत छलफल भएको थियो ।

राजस्व संकलनलाई परिणाममूखि बनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने, जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने लगायतका विषयहरुमा निर्णय भएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १८:२४ मा प्रकाशित

You can share this post!

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...