back
NMB ad

माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले जननेता मदन भण्डारीका विचार समाजलाई अघि बढाउने मार्गदर्शक सिद्धान्त भएको बताउनुभएको छ ।

नेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित मदन भण्डारी पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मदनमण्डारी नामले नै एउटाविचार आन्दोलन र राजनीतिक हिसाबले सुसभ्य सुसँस्कृत विकसित राष्ट्र निर्माणगर्ने सहीप्रयासहरुको संगम जनाउने उहाँले बतानुभयो ।

भण्डारी सहीविचार चिन्तकहुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाई र संगठित प्रयास गर्ने ब्यक्ति भएको बताउनुभयो। उहाँले भन्नुभयो, त्यसैले केहीवर्ष अघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दिको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने मदन भण्डारी शताब्दिनायक हो ।

तत्कालिन अवस्थामा रक्षात्मक अवस्थामा पुगेको विश्व वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक बाटो सुझाउने भण्डारीले राजनीतिक प्रणाली सम्बन्धी चिन्तन गर्ने सबैलाई झझक्याउने विचारदिनुभएको थियो, प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

माधव नेपाललाई प्रमको प्रस्ताव गरेको होइन

प्रधानमन्त्री ओलीले आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नराखेको स्पष्ट पार्नुभयो । ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन्, ओलीले भन्नुभयो, -‘अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’, प्रधानमन्त्रीको प्रश्न थियो। उहाँले भन्नुभयो,-‘ माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर र कहिले प्रचण्डले त्यस्तो चिनी हालिदिएका छन्।’

कांग्रेस प्रचण्डपथमा

सोही अवसरमा प्रधानमन्त्रीले लामो लोकतान्त्रिक इतिहास भएको नेपाली कांग्रेस अहिले प्रचण्डपथ हिँडेको बताउनुभयो ।

प्रदेशसभामा कांग्रेसका प्रतिनिधिहरुबाट गोड्सेको चर्चा हुनु र सर्वोच्च अदालतको इजलासमा समेत अघिवक्ताहरुले हिंसात्मक अभिव्यक्ति दिनुले यसलाई पुष्टी गर्ने भनाई उहाँको थियो । ‘फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने,’ प्रधानमन्त्रीले भन्नु भयो। ‘

मदनभण्डारी पुरस्कार एम्बुलेन्स चालक र नर्सलाई

सोही अवसमरा यस वर्षको मदनभण्डारी पुरस्कार कीर्तिपुरका एम्बुलेन्स चालक बलबहादुर गुरुङ र ..भेरी अञ्चल अस्पतालकी नर्स सुनिता सहकारीलाई प्रदान गर्नुभयो ।

नर्स सहकारीले कोभिडका कारण आफ्ना आफन्त गुमाउँदा पनि र रक्त क्यान्सर भएका पतिगुमाउनु पर्दा काजक्रियाका दिनबाहेक अरु बेला उपचारमा संलग्न रहेकोमा पुरस्कार दिइएको थियो ।

अर्का पुरस्कृत चालक गुरुङले कोभिड १९ को उत्पत्ति स्थलबुहानबाट आएका नेपाली विद्यार्थीलाई ल्याउने कामदेखि अनवरत रुपमा कोरोना विरामीको सेवा गर्दै आउनुभएको छ ।

वि.सं.२०७८ असार १४ सोमवार १८:३७ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको ३०५ औ शाखा कालीकोटको मान्मामा सञ्चालन

प्रभु बैंकको ३०५ औ शाखा कालीकोटको मान्मामा सञ्चालन

वि.सं.२०८१ असार २ आइतवार १३:०८

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

मनकामना केबुलकार ५० दिन बन्द हुने, यस्तो छ कारण   

मनकामना केबुलकार ५० दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ असार २ आइतवार १२:५५

मुग्लिन, (चितवन) २ असार : नेपालको पहिलो केबुलकार मनकामना केबुलकार...

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग   

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग   

वि.सं.२०८१ असार २ आइतवार १२:५१

भोजपुर, २ असार : जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा...

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदमा पेस   

‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ संसदमा पेस   

वि.सं.२०८१ असार २ आइतवार १२:३७

काठमाडौँ, २ असार : नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित   

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित   

वि.सं.२०८१ असार २ आइतवार १२:२२

फुङ्लिङ (ताप्लेजुङ), २ असार : निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न...

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा   

वि.सं.२०८१ असार २ आइतवार १२:१६

काठमाडौँ, २ असार : आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह...