back
NMB ad

महानगरले निःशुल्क खाना बनाउने स्थान भत्काईदिएकोमा टिमको भत्सर्ना, सामाग्री फिर्ता गर्न माग

Kumari bank ad

काठमाडौं । ‘हाम्रो टिम नेपाल’ ले संचालन गर्दै आएको निःशुल्क खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले बलपुर्वक भत्काएकोमा आपत्ति जनाएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हाम्रो टिमले महानगरले गरेको व्यवहारको भत्सर्ना गर्दै जफत गरिएको खाना पकाउने सम्पुर्ण सामाग्री फिर्ता गर्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको आरोप लगाउनुभयो । उहाँले दुःखी, गरिब, अशक्तमाथि अन्याय गरेको बताउनुभयो ।

उहाँले भन्नुयो,-‘हामीले लकडाउन भरी नगरपालिका भित्र मजदुरी गर्दै आएका मजदुरहरुलाई सेवा गछौ भन्दा पनि दिइएन ।’
अध्यक्ष पन्तले महानगरले शक्ति प्रयोग गरेर २५ लाख बराबरको सम्पत्ति तोडफोड गरेको जिकिर गर्नुभयो ।

६० बोरा चामल, १० बोरा दाल, २५० जोर सिरक/डसना, ५० जार पानी, ३५ अक्सिजन सिलिन्डर, खाना बनाउने/खुवाउने सम्पुर्ण भाडाकुँडा, संस्थाका सम्पुर्ण डकुमेन्ट प्रमाणपत्रहरु तोडफोड गरिएको भन्दै सम्पुर्ण सामान फिर्ता गर्न माग गर्नुभयो ।उहाँले हालसम्म सबै सामान लगेको कुनै पनि जानकारी नआएको समेत गुनासो गर्नुभयो ।

कार्यक्रममा टिमका सचिव सचिव लक्ष्मणसिंह धामीले महानगरको व्यवहारले साह्रै दुःखी बनाएको बताउनभुयो । उहाँले भने,‘खाना नपाउनेहरुको पीडाबाट झन मर्माहत भएका छौ ।’ उहाँले सरकारको सहयोगी भूमिकामा काम गरिरहेको हाम्रो टिम नेपालमाथिको हमला नियोजित रहेको आरोप समेत लगाउनुभयो ।

सिंहले सामाजिक अभियान एक/दुई जनाको अभिष्ट पुरा गर्न रोक लगाउने कुराले कहिल्यै नरोकिने पनि चेतावनी दिनुभयो । उहाँले महानगरपालिकाकै जिम्मेवार वडाले अनुमति दिएको ठाउँबाट सेवा दिएको समयमा पनि धरपकड र कुटपिट हुँदा दुःख लागेको गुनासो व्यक्त गर्नुभयो ।

हाम्रो टिम नेपालकी सदस्य सपना मगरले नेपाल सरकारले प्रहरी लगाएर गरिएको कुटपिट र धरपकडबाट स्वयंसेवकहरु घाइते भएको बताउनुभयो । मगरले यो अभियानबाट आगलागी पीडित, बाढी पीडित, दुःखी गरिबलाई खाना खुवाउदै आएको सामान सकुशल फिर्ता गर्न माग गर्नुभयो ।

संस्थाले २०७६ चैत्रबाट कोरोनाको कहर लकडाउन सुरु भएसँगै रोजी रोटी गुमाएर सडकमा आउन बाध्य भई भोकभोकै ज्यान गुमाउनेहरुको संख्या बढ्दै जादाँ निःशुल्क खाना खुवाउने, कपडा बैंक खोलेर निशुल्क कपडा व्यवस्था गर्दै आएको छ ।

संस्थाले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट निशुल्क खाना खुवाउदै आएको हो । कार्यक्रममा बरिष्ठ धिवक्ता दिनेश त्रिपाठीले हाम्रो टिम नेपालले पवित्र काम गरेको बताउनुभयो । राज्य, महानगर तथा सरकारले गर्नुपर्ने धेरै ठुलो मात्रामा मानवीयता सहायता हाम्रो टिमले गरेको उल्लेख उहाँको भनाई छ ।

‘सरकारले महिनौँदेखि लकडाउन गरेको छ, सारा मानिसलाई घरभित्र थुनिँदा अहिले बेसहारा, दैनिक मजदुरी गर्नेहरुको जिविका खोसिएको छ ।’–अधिवक्ता त्रिपाठीले भन्नुभयो,‘उनीहरुको कुनै माध्यम छैन् । त्यस्ता समुदायहरुलाई खाना खुवाउनेहरुलाई पनि यस्तो व्यवहार गर्न मिल्छ ?’

वि.सं.२०७८ असार १५ मंगलवार १८:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...