back
Mega Long Ad

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड, मलेअल्गोरिथ पहिलो पटक स्मार्ट फ्याक्ट्रि ‘ईम्पावर’

काठमाडौं । वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१मा सहभागिता जनाएको छ ।

सम्मेलन मार्फत ७ प्रमुख चुनौति अन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिती जनाएको ओपोले एआई क्षेत्रमा पु¥याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो ।

जसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्रदान गरिएका छन् ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए ।

अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षण मार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ ।

ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले भने, ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ ।

हामीले पहिलो पटक सीपीभीआर २०२०मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिंगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेका थियौँ ।

यस बर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहू संख्यक टूडी तस्विरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्शन , फेशियल डिटेक्शन लगायत क्षेत्र अन्तर्गत पर्दछन् ।’ यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ’गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमता पूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ ।’

मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्ज

ओपोले हात पारेका ११ सम्मान मध्य ३ अवार्ड, एआई मोडलको मानिस र जनावर जस्ता विवेकी प्राणी बिचको कठिन ब्यवहार बुझ्ने, बर्णन गर्ने तथा अनुमान गर्ने मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ ।

नयाँ ब्यवहार बुझ्ने श्रेणी अन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ , क्लासिक क्लासिफिकेशन अन्गर्त दोस्रो र एनोटेशन स्टाईल ट्रान्सफर अन्तर्गत तेस्रो स्थान हात पारेको हो ।

सोही श्रेणीमा सहभागीता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडी देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका खेलेको देखिन्छ ।

यसमा रहेको अल्गोरिथमले कर्मचारीलाई विशेषगरी उत्पादनका मूख्य चरणहरुमा तिनको सुरक्षाका साथै उत्पादनको गुणस्तर सुनिश्चितता तथा परिचालनमा आउने गल्तीहरु न्यूनिकरण गर्न सघाउँदै यही प्रविधिले ओपोको फ्याक्ट्रिमा उल्लेखनिय भूमिका खेलिरहेको छ ।

ओपो यूएस रिसर्च सेन्टरले डेन्स डेप्थ फर अटोनोमस ड्राइभिङ्ग च्यालेन्जमा सहभागिता जनाई टूडी तस्विरका आधारमा सटिक थ्रीडी गहिराईको जानकारी उपलब्ध गराउने प्रविधि प्रदर्शित गरेको थियो ।

यसका लागि ओपोले स्व पर्यवेक्षित ट्रयाकका लागि दोस्रो स्थान हात पार्दै ‘नोवेल्टी अवार्ड’ जितेको छ । डिप लर्निङ्ग मोडल्सको प्रयोग गरी साधारण तस्विर बाटै सहजै गहिराई सम्बन्धि जानकारी प्रेशित गर्नेे यो प्रविधिले भविस्यमा टीओएफ जस्ता डेप्थ सेन्सरलाई प्रतिस्थापन गरी अझ सटिक ईनडोर र आउटडोर नेभिगेशन अनुभव प्रदान गर्ने सम्भावना प्रबल देखिन्छ ।

वि.सं.२०७८ असार १६ बुधवार १३:२९ मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...