काठमाडौं । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी सेयर आवेदन दिने अन्तिम दिन रहेको छ ।
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको लिलामी सेयरमा बिहीवार बैंकिङ समयसम्म रहेको छ ।कम्पनीले असार ३ गते देखि ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ८५० रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर सख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ ।
वि.सं.२०७८ असार १७ बिहीवार १०:३१ मा प्रकाशित