back
NMB ad

बाढी पहिरोले २५ वटा जलविद्युत आयोजनामा क्षति

Kumari bank ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिष्णु प्रसाद पौडेलले बाढी पहिरोका कारण विभिन्न जिल्लाका २५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको बताउनु भएको छ ।

राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो बनाउनु भएको हो । मन्त्री पौडेलका अुनसार सिन्धुपाल्चोक, कास्की, लमजुङ, मनाङ लगायत विभिन्न जिल्लाका साना ठूला गरी २५ जलविद्युत आयोजनामा आंशिक क्षती पुगेको छ ।

उहाँका अनुसार बाढी कारण मनाङको बेसिसहर सडक, अरनिको राजमार्ग, बाजुराको मार्तडि-कोल्टी सडक र कुलेखानीको विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने क्रम रहेको बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, गोरखा, खोटाङ, सर्लाही लगायतका जिल्लाका ५०५ नीजि घर पूर्ण क्षति भएका छन भने ११२ घरमा आशिंक क्षति भएको छ । यस्तै विभिन्न ३६ सरकारी कार्यालयका भवनमा क्षति पुगेको उहाँको भनाई छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।

सिन्धुपाल्चोकका ७, मनाङ २, तनहु १, चितवन २, मोरङ १, उदयपुरमा १ र सिरहामा १ सहित १५ वटा मोटरेबल पक्की पुलमा क्षती पुगेको उहाँको भनाई छ । यस्तै २३ वटा झोलुङगे पुलमा क्षति भएको छ । यसको पुननिर्माण भइरहेको पौडेलेको भनाई छ ।

यस्तै मेलम्ची आयोजनाको हेडक्ससम्म जाने पुलमा क्षती भएकाले तत्कालै २ वटा बेलिब्रिज बनाउने तयारी भएको उहाँको भनाई छ । आयोजनाको पूर्वाधार, सडक तथा आयोजनाको हेडक्समा पुगेको क्षतिको यकिन गरी मर्मत सम्भारको काम हुने जानकारी गराउनुभयो । अहिले ४३ वटा खानेपानी आयोजनामा क्षती पुगेको उहाँको भनाई छ ।

वि.सं.२०७८ असार २० आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...