
काठमाडौं । पछिल्लो समय वणिज्य बैंकमा निक्षेप संकलन ह्वात्तै बढेको छ । तर कर्जाको माग भने निकै घटेको छ । असार ११ देखि १८ गतेसम्म एक सातामा बैंकका निक्षेप ४७ अर्ब रुपैयाँ संकलन भएको छ । तर कर्जाको माग भने १५ अर्ब मात्रै रहेको छ ।
असार ११ गतेसम्म बैंकमा ३९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १८ गतेसम्म आईपुग्दा ४७ अर्ब रुपैयाँले बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यो साता कर्जाको माग १५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । असार ११ गतेसम्म बैंकमा कर्जाको माग ३६ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो ।
पछिल्लो समय कोरोना महामारीका कारण जारी निषेधाज्ञा क्रमैसँग खुकुलो बन्दै गएपनि बैंकमा कर्जाको माग भने घटेको तथ्याङकले देखाएको छ ।
वि.सं.२०७८ असार २२ मंगलवार १७:०८ मा प्रकाशित