back
NMB ad

असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै माछापुच्छ्रे बैंक, कति पाइन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र निष्काशन बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

जसमध्ये कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने भएको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

ऋणपत्र निष्काशन गर्नका लागि असार १६ गते बोर्डबाट अनुमति पाएको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १०:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...