काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको आज बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।
महासंले मंगलबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको तेजावी सुनको मूल्य भने ९१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।मंगलबार प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १३ सय २० कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असार २३ बुधवार १०:५६ मा प्रकाशित