काठमाडौं । बुधवार अप्पर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको हो ।
साताको चौथो कारोबार दिन प्रतिकित्ता ३९ रुपैयाँले घटेको कम्पनीको सेयर ६७७ रुपैयाँमा झरेको छ ।
आज कम्पनीको २६ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कम्पनीको आज ३ लाख ८१ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असार २३ बुधवार १६:३० मा प्रकाशित