back
NMB ad

कांग्रेसले नेतृत्व लिँदै गर्दा सेयर बजार दोहोरो अंकले बढ्यो

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजार १६.३४ अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार परिसुचक २८७१.०३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज जीवन बीमा समूह झिनो अंकले घटेको छ । यी बाहेक सबै समूह हरियाली भएका छन् ।

उक्त दिन बैंकिङ समूह १४.२४ अंक, व्यापार समूह ८.४१ अंक, होटेल तथा पर्यटन १९.२९, डेभलपमेन्ट बैंक ७०.३३, हाइड्रोपावर १३.९१, फाइनान्स ९३.७८, निर्जीबन बीमा १४.४, उत्पादक तथा प्रशोधन समूह ५.०९, माइक्रोफाइनान्स ३३.९३, म्युचुअल फण्ड ०.०१, लगानी समूह ०.४ र अन्य समूह ८.११ अंकले वृद्धि भएको छ ।

उक्त दिन नेपाल बंगालदेश बैंकको सबैभन्दा बढी ४५ करोड ४७ लाख ७१ हजार बराबरको कारोबार भएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार देउवालाई भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

वि.सं.२०७८ असार २९ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...