काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबै नेपाली नागरिकलाई नेपालीलाई खोप सुनिश्चितता गरेको र पुससम्म सबैले खोप पाउने दाबी गर्नुभएको छ ।
मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले नेपालमा खोप उत्पादन नभएपनि छोटो समयमा सबै नागरिकलाई खोपको व्यवस्था गरेको स्मरण गराउनुभयो । उहाँका अनुसार १ करोड ३१ लाख खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खोप खरिदको प्रक्रिया रहेको जानकारी गराउनुभयो ।
आफ्नो पालामा खोपको व्यवस्था भएपनि अब बन्ने सरकारले भोलीदेशी खोप लगाएको फोटो राखेर हामीले खोप दियौ भनेर तमासा सुरु गर्ने दाबी गर्नुभयो । ‘मलाई थाहा छ, भरे वा भोलिबाट ल्याइदिएको खोप लगाएर त्यसको फोटो खिच्ने काम सुरु हुन्छ’ उहाँले भन्नुभयो ‘हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’
वि.सं.२०७८ असार २९ मंगलवार १४:५९ मा प्रकाशित