back
NMB ad

विकास निर्माण, व्यापार व्यवसाय, रोजगारीको संकटमा मल्हम लगाउने गरी काम गर्छुः अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहरण गर्नुभएको छ ।

पदभार ग्रहरण गर्दै मन्त्री शर्माले कोरोना महामारीले गर्दा गरिब जनता, रोजगारीको समस्या, विकास निर्माणका काममा अवरोध र व्यापार व्यवसायमा आएको संकटमा मल्हम लगाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले अर्थतन्त्रलाई पुनरुत्थान र पुनर्जीवित बनाउनको लागि मार्गचित्र तयार पार्न र आर्थिक विकासका लागि प्राथमिकिकरण गरेर अघि बढन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री शर्माले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने र कर्मचारीबाट पनि सहयोग तथा उत्कृष्ट कार्यसम्पादनको अपेक्षा राखेको जानकारी गराउनुभयो । मन्त्री शर्माले आफू कसैको अनुहार, कुनै झण्डा नहेरी काम गर्ने धारणा राख्नुभयो ।

‘आफ्नो क्षेत्रमा पाएको जिम्मेवारी र कामलाई कसरी अगााडि बढाउने कसरी प्रभावकारी बनाउने, कसरी पारदर्शी बनाउने र जनताका लागि केहि न केहि योगदान कसरी गर्ने भन्ने मेरो प्रतिवद्धता छ’ उहाँले भन्नुभयो ‘यो मेरो मात्र नभएर हामी सबैको प्रतिवद्धता हुनुपर्छ ।’

पदभार ग्रहणगर्दै बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि छुट्टै सुधार कार्यक्रम ल्याउनु आवश्यक रहेकाले त्यसको तयारी गर्न निर्देशन समेत दिनुभएको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १२:३० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...