काठमाडौं । आजदेखि नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा आएको छ । कम्पनीको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आएको हो ।
उक्त सेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैया तोकिएको छ । उक्त सेयरमा आजका मितिदेखि ३५ दिन गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असार ३० बुधवार १३:२० मा प्रकाशित