back
NMB ad

माछापुच्छ्रे बैंकको ऋण निष्काशन, कति पाईन्छ ब्याजदर ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकको एक हजार रुपैयाँका दरले ​३ अर्ब रुपैयाँ ३० लाख इकाई ऋणपत्र आज (३१ गते) देखि बिक्री खुल्ला भएको हो ।

३० लाख ऋणपत्रमा १८ लाख बैंक आफैले विभिन्न संघ संस्थालाइ बिक्री गर्ने जनाएको छ भने १२ लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ लाख इकाइमध्ये ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् ।

१० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख इकाइसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १०:०० मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...