back
NMB ad

बैंकहरुको औसत आधारदर घट्यो

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको औसत आधारदर घटेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ जेठमा ८.६६ प्रतिशत रहेकोमा २०७८ जेठमा ६.६६ प्रतिशत कायम भएको छ ।

२०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ६.१७ प्रतिशत र १०.४३ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकका अनुसार २०७७ जेठमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २.८१ प्रतिशत रहेकोमा २०७८ जेठमा ३.७९ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठमा २.८० प्रतिशत रहेकोमा २०७८ जेठमा ३.२१ प्रतिशत रहेको छ ।  मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३.२४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा वाणिज्य बैंकहरुको १४ खर्ब २९ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ८५ अर्ब १६ करोड गरी कुल १६ खर्ब १४ अर्ब ३२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १४ खर्ब ६९ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब २१ अर्ब ४२ करोड गरी १५ खर्ब ९१ अर्ब २३ करोड अन्तर बैंक कारोबार भएको थियो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १२:४४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...