काठमाडौं । अब सेयर लगानीकर्ताले राज्यलाई दुईथरी लाभकर तिर्नुपर्ने छ । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणका क्रममा दुइथरी लाभकर तिर्ने व्यवस्था गरेको छ ।
सोही अनुसार लगानीकर्ताले दुईथरी लाभकर तिर्नुपर्ने भएको हो । आर्थिक वर्षको पहिलो दिन (आज) शुक्रबार सेयर कारोबार नहुने भएकाले आइतबारको कारोबारबाट लगानीकर्ताले दुई थरी लाभकर तिनुपर्ने छ ।
सरकारले यसअघि पुँजीगत लाभकर ५ प्रतिशत लिँदै आएका थियो । बजेटले गरेको व्यवस्था अनुसार आजबाट अल्पकालीन र दीर्घकालीन छुट्याएर आइतबारको कारोबारबाट दुईथरी लाभकर लिन लागेको हो ।
आइतबारको कारोबारबाट लगानीकर्ताले ३६५ दिन भन्दा कम अवधिको लागि ७.५० प्रतिशत र ३६५ दिन भन्दा बढी अवधि रहेको सेयर बिक्री गर्दा ५ प्रतिशत लाभकर तिर्नुपर्ने छ । यसको लागि आवश्यक सबै प्रकृया पुरा गरेको सिडिएससीले जनाएको छ ।
वि.सं.२०७८ साउन १ शुक्रवार १०:३५ मा प्रकाशित