back
NMB ad

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन, सहज रुपमा खोप लगाउने प्रबन्ध गर्न निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) देखि शुरु भएको अमेरिकी जोनसन खोप लगाउने अभियानको अनुगमन गर्नु भएको छ ।

उहाँले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी केन्द्रको स्थलगत अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भएको बताउनुभयो । उहाँले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन समेत दिनु भएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत १६ लाख ३४ हजार डोज खोप नेपाललाई उपलब्ध गराएको छ । उक्त खोप काठमाडौं र ललितपुर लगायतका जिल्लामा लगाउन सुरु गरिएको छ । ५० देखि ५४ वर्षको उमेर समूहका मानिसलाई उक्र खोप लगाउन सुरु गरिएको हो ।

साउन ४ गते (आज) बाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेको २८ खोप केन्द्र र जिल्लामा रहेको ५५ ओटा खोप केन्द्र उक्त खोप दिइने छ । यस्तै ललितपुर जिल्लामा साउन ४ र ५ गते मात्र उक्त खोप लगाइने छ ।

वि.सं.२०७८ साउन ४ सोमवार ११:५९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...