back
NMB ad

सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिन्छौंः गृहमन्त्री खाँड

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका कर्मचारीको लागि खोपको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई आग्रह गरेको छ ।

महासंघको प्रतिनिधि मण्डलले गृहमन्त्री खाँडलाई यस्तो आग्रह गरेको हो । महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको जानकारी गराउनुभयो । उहाँले तत्कालै खोपको व्यवस्था गर्न समेत आग्रह गर्नुभयो ।

भेटमा गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका आवश्यक पहल गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने छ ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताउनुभयो ।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यो सरकारले बुझेको छ’ उहाँले भन्नुभयो ‘सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’
गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताउनुभएको छ । गृहमन्त्री खाँडले सहकारीका कर्मचारी मात्रै नभएर कर्मचारी तथा सबै सदस्यलाई समेत खोप दिने व्यवस्था गर्ने बताउनुभयो ।

वि.सं.२०७८ साउन ५ मंगलवार १०:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...