back
NMB ad

सेयर बजारमा सामान्य करेक्सन, ७ कम्पनीको मूल्यमा लाग्यो सर्किट

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बजारमा करेक्सन देखिएपनि कारोबार रकम भने बढेको छ ।

निकै उतार चढाबका बीच बजारमा करेक्सन देखिएको हो । आइतबारको कारोबारमा बैंकिङ समूहमा लगानीकर्ता झुुम्मिँदा बजार बढेको थियो । सोमबार बैंकबाट लगानीकर्ता अन्यत्र लाग्न थालेपनि बजारमा गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ८.२४ अंकले घटेर ३०५०.४२ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकम सुधार देखिएको छ ।

केहीमा भने गिराट देखियो । सोमबारको कारोबारमा बैंकिङ समूहको उपसूचक ४३.५, विकास बैंक ३४.३८, अन्य समूहको उपसूचक १०.५१ अंकले घट्दा जलविद्युत १०२.६५, फाइनान्स कम्पनी ६५.५३, निर्जीबन बीमा १४.९३, उत्पादन तथा प्रशोधन ८४.६८, माइक्रोफाइनान्स ९८.१, जीवन बीमा समूहको उपसूचक ६८.७ अंकले बढेको छ । कारोबारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाईड्रोपावर, माउन्टेन हाईड्रो लगायत रहेका छन् ।

वि.सं.२०७८ साउन ११ सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...