काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन-परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७-७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरेको छ ।
यसअघि हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको थियो ।
वि.सं.२०७८ साउन ११ सोमवार १७:३६ मा प्रकाशित