back
NMB ad

साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपीओ आउँदै, हजार कित्तासम्म आवेदन दिन सकिने

Kumari bank ad

काठमाडौं । आउँदो साउन २७ गतेदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन हुने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तोकिएको समयसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ९ गते सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते कम्पनीलाई अनुमति दिएको थियो । कम्पनीको चुक्तपुँजी ७ करोड रुपैयाँ छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपालप एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार १३:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...