काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्री खुला भएको छ । बैंकका संस्थापक सेयरधनीहरुको आफ्नो नाममा रहेको २० हजार २४८ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।उक्त सेयर खरिद गर्न बैंकको मुल्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।
तोकिएको समयावधिमा विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित जानकारी नआएमा प्रचलित कानुन बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार १०:१३ मा प्रकाशित