काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई स्वीकृति दिएको छ ।
राष्ट्र बैंकले नेपाल एग्रोलाई १ः०.९८ स्वाप अनुपातमा एक्वायर गर्न इन्फिनिटीलाई स्वीकृति दिएको हो । एक्वायरपछि नेपाल एग्रोको १०० कित्ता सेयर हुने लगानीकर्ताको इन्फिनिटी लघुवित्तको नाममा ९८ कित्ता सेयर हुनेछ ।
एक्वायरपछि इन्फिनिटीको नामबाट सेयर कारोबार हुनेछ । दुवै संस्थाको विशेष साधारणसभाले एक्विजिसन सम्बन्धी प्रस्ताव र सेयर स्वाप अनुपात पारित गरिसकेको छ ।
वि.सं.२०७८ साउन १७ आइतवार १२:५९ मा प्रकाशित