काठमाडौं । कुमारी इक्वीटी फण्डले आर्थिक वर्ष २०७७/७८ को प्रतिफल घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलार्य ५ प्रतिशत(कर सहित) प्रतिफल वितरण गर्ने भएको हो ।
कुमारी बैंकको प्रधान कार्यालयमा बसेको संचालक समितिको बैठकले योजना इकाईधनीहरुलाई उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । उक्त फण्ड कुमारी सामूहिक लगानी कोष अन्तर्गत संचालित योजना हो ।
वि.सं.२०७८ साउन १८ सोमवार १०:२६ मा प्रकाशित