काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघले अघिल्लो कारोबार दिन पनि सोही मूल्य निर्धारण गरि खदिबिक्री भएको थियो । महासंघले आजका लागि तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । उक्त दिन प्रतितोला १० रुपैयाँले घटेको चाँदीको भाउ १२ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन १२ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ साउन २१ बिहीवार १०:४० मा प्रकाशित