back
NMB ad

कोरोना संक्रमण बढ्दै : महानगरले स्थगन गर्यो कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर सेवा

Kumari bank ad

काठमाडौँ । काठमाडौं महानगरले सञ्चालन गरेको छत्रपाटी कोरोना विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

‘साउन १ गतेबाट नरदेवी आयुर्वेद चिकित्सालयको एचडीयुसहितको सेन्टरमा बिरामी भर्ना लिन छोडिएको छ । साउन अन्तिमबाट छत्रपाटी कोरोना विशेष अस्पतालको सेवा स्थगन गर्ने निर्णय भएको हो’ निर्णयका बारेमा जानकारी गराउँदै प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले अस्पतालमा बिरामीहरुले सहजै उपचार गराउन पाउने भएकोले आइसोलेसनमा भर्ना हुन आउनेको संख्या कम छ । भोलि आवश्यक परेको बेला सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको हो ।’

उहाँका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । ‘सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ ।’

कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामका लागि महानगरसँग सम्झौता गरेर कोरोना उपचारका लागि उपकरण तथा सामाग्री खरिद गर्ने सरकारी र सामुदायिक अस्पतालहरुको बिल बमोजिमको भुक्तान भएको रकम अनुमोदन गरेको छ भने भुक्तानी हुन बाँकीलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले स्थानीय तह संस्थागत स्वमुल्याङ्कन प्रतिवेदन अनुमोदन गरेको छ । प्रतिवेदनअनुसार महानगरले समग्र स्थितितर्फ ८८.१० प्रतिशत, प्रक्रियागत स्थितितर्फ ८५.२९ प्रतिशत र परिमाणात्मक स्थितितर्फ ६७.७८ प्रतिशत अङ्क प्राप्त गरेको छ । बैठकका अध्यक्ष शाक्यले मुल्याङ्कनका फोकल पर्सन गोपाल पोखरेललाई प्रतिवेदन पेश गर्न समय दिनुभएको थियो ।

यसमा महानगरले ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा ८.५ अङ्क पाएको छ । यसैगरी ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ७ अङ्क पाएको छ । ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९ अङ्क, ११ अङ्कको वित्तिय एवम आर्थिक व्यवस्थापनमा १० अङ्क पाएको छ । १० अङ्कको सामाजिक समावेशीकरणमा ५ अङ्क, १६ अङ्कको सेवा प्रवाहमा ११.५ अङ्क, ७ अङ्कको न्यायिक कार्यसम्पादनमा ६ अङ्क पाएको महानगरले १३ अङ्कको भौतिक पूर्वाधारमा ८ अङ्क पाएको छ ।

९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अङ्क र ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क नै प्राप्त गरेको छ । बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा महानगरले आ. व. ०७६÷०७७ मा सम्पादन गरेका कामको यो स्व–मूल्याङ्कन हो ।

बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेद्य निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई शिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धी कार्यविधि–०७७ का केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणी सरह बनाएको छ । यस्तै नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीहरुलाई काम गरेका दिनमा खाना, खाजा र यातायातवापत १ हजार ५ सय रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि पदाधिकारी पदावधि नतोकिएकोमा संशोधन गरे २ बर्ष हुने व्यवस्था गरिएको छ ।

कानुनी सल्लाहकार, करार सेवामा रहेका कर्मचारी, सामाजिक परिचालकको ६ महिना म्याद थप भएको छ । बैठकले सहायक स्तर पहिलो छैटौँ स्तरका कर्मचारीको तलबमान निर्धारण गरेको छ । यस्तै सहायक स्तर पहिलो तहका कार्यालय सहयोगी, कुचीकार र हेल्परमध्ये सवारी चालक अनुमति प्राप्त कर्मचारीलाई हलुका र भारी सवारी चालकका रुपमा सेवा परिवर्तन गर्ने निर्णग गरेको छ ।

बैठकले वडा १६ र १७ क्षेत्रमा जडान भएको सौर्यवत्तीको कम भेरिएसन स्वीकृत गरेको छ । यो विषय राख्नका लागि प्रमुख शाक्यले पूर्वाधार विकास विभागका प्रमुख राम थापालाई समय दिनुभएको थियो । थापाका अनुसार बत्ती र पोल जडान गर्नु पर्नेमा १५६ वटा पोल पुनःप्रयोगमा ल्याउन सकिएकोले अनुमान गरिएको लागतमा करीब १९ प्रतिशत कममा काम सकिएको थियो । बैठकले सडक सूचना बोर्ड राख्ने विषयमा यसअघि रोकिएको प्रक्रिया अगाडि बढाउन आशय पत्र माग गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १२:०० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...