काठमाडौं । जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । बिहीवार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज प्रतिकित्ता १३६ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५०६ रुपैयाँ २० पैसा पुगेको छ ।
उक्त दिन कम्पनीको २ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १४५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन २१ बिहीवार १५:५३ मा प्रकाशित