काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताले आवेदन दिने क्रम तिब्र रुपमा बढेको छ ।
५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन परेको छ
कम्पनीले ६० लाख कित्ता सेयर निष्काशन गरेको छ । जसमा सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा साउन २४ गते गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।
वि.सं.२०७८ साउन २१ बिहीवार १७:०३ मा प्रकाशित