काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर मूल्यमा बिहीवार गिरावट आएको छ । आज बैंकको सेयर मूल्य १.५० प्रतिशतले घटेको हो ।
साताको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता साढे ७ रुपैयाँले घटेर ४९२ रुपैयाँमा झरेको छ ।
उक्त दिन बैंकको ११ करोड १८ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार आज बैंकको २ लाख २६ हजार ८३७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात बुधवार बैंकको २७ करोड ६५ लाख ४३ हजार रुपैयाँ बराबरको ५ लाख ५२ हजार ३४४ कित्ता सेयर खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ साउन २१ बिहीवार १७:०२ मा प्रकाशित