काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट बन्द हुने भएको छ ।
नेप्सेले सूचना निकाले शुक्रबार (२२ गते) र शनिबार (२३ गते) वेवसाइटका सेवा बन्द हुने जनाएको छ ।
नेप्सेका अनुसार पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट पूर्ण रुपमा चल्ने भएका कारण उक्त सेवा बन्द हुने भएको हो । यो अवधिमा नेप्सेले डाटाको स्तरोन्नति गर्न लागेको जनाएको छ ।
वि.सं.२०७८ साउन २१ बिहीवार १७:२५ मा प्रकाशित