काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा गिराव आएको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला २५ रुपैयाँले घटेको चाँदीको मूल्य १२ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन १२ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ साउन २४ आइतवार १०:५८ मा प्रकाशित