back
NMB ad

आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपालको नाफा ५० %ले बढ्यो, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थि वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले ५ करोड १८ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५०.९८ प्रतिशतले बढी हो । कम्पनी अघिल्लो आवको सोही अवधिमा ३ करोड ४३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष १० करोड १९ लाख ५२ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १३ करोड ९९ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा भने आधा घटाएको छ । अघिल्लो वर्ष ८.२३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ४.८४ प्रतिशतमा झारेको छ ।

कम्पनीको चुक्तापुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ९ करोड ३६ लाख ९४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६.९७ कित्ता आईपीओ निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

वि.सं.२०७८ साउन २४ आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...