back
NMB ad

आज फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । आइतबार ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन १२ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

वि.सं.२०७८ साउन २५ सोमवार ११:२१ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...