back
NMB ad

१३ हजार ६ सय रुपैयाँले सस्तियो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Kumari bank ad

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य एक वर्षमा प्रतितोला १३ हजार ६ सय रुपैयाँले घटेको छ ।

गत वर्षको साउन २५ गतेदेखि यो वर्षको सोही दिनको तुलनामा सुनको मूल्य उक्त रकमले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत वर्षको साउन २५ गते १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यो वर्षको सोही दिनमा भने ८९ हजार रुपैयाँ कायम हुन आएको छ ।

गत वर्षको साउन महिनामा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

आज (साउन २५ गते) सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८९ हजार रुपैयाँ कायम हुन आएको हो ।

महासंघले आजका लागि तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । आइतबार ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७८ साउन २५ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...