back
NMB ad

महानगरको नीति: एक वडा, एक पार्क, ७० वटा पार्क निर्माण अघि बढ्यो : प्रमुख शाक्य

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताउनु भएको छ ।

वडा नम्बर-५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भन्नुभयो, ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भन्नुभयो, ‘अहिलेसम्म करीब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ । कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन् । सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन् । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन् । कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ ।’

उहाँले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराउनुभयो । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ उहाँले भन्नुभयो, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’

कार्यक्रममा बागमती प्रदेशका सांसद नारायण सिलवाले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताउनुभयो । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताउनुभयो । वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् ।

पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ । व्यायम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना रहेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १४:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...