back
NMB ad

सेयर बजार स्थिर, हाईड्रोपावर र फाइनान्स कम्पनीको भरथेग

Kumari bank ad

काठमाडौं । सोमबार पनि सेयर बजारमा स्थिर बनेको छ । यो दिनको कारोबारमा निकै उतार चढाव देखिएको छ ।

निकै उतार चढाबकाबीच पनि बजारमा सामान्य सुधार भने देखिएको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक ३१०९.६६ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । जसमा हाईड्रोपावरमा कम्पनीमा लगानी गरेका लगानीकर्ता निकै मालामाल बनेका छन् ।

जलविद्युत समूहको उपसूचक ११९.५७ अंकले बढेको छ । यस्तै फाइनान्स कम्पनीको उपसूचक ९०.९१, निर्जीबन बीमा ३९, जीवन बीमा समूहको उपसूचकमा ४८.४ अंकको सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १२.०८, विकास बैंक ५३.१२, उत्पादन तथा प्रशोधन समूहको ५५.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ५५.४४ अंकले घटेको छ ।

यो दिनको कारोबारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ६७ करोड ४८ लाख ५५ हजार ८६० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माथिल्लो तामाकोशी र अपी पावर कम्पनी रहेका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...