back
NMB ad

एमसिसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिन्छ : मन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच छलफल भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषमा छलफल भएको हो ।

सोही अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गर्नुभयो । एससिसी नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताउँदै भन्नुभयो, “एमसिसीबारे कुनै पनि कुरा प्रष्ट पार्न तयार छौँ, यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु हो ।”

जवाफमा मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको छ, त्यसप्रति हार्दिक धन्यवाद ।”

एमसिसीबारे राजदूतले गरेको आग्रहप्रति मन्त्री भुसालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमसिसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिन्छ, त्यो विषयमा उपयुक्त समयमा छलफल होला ।” जलवायु परिवर्तनका विषयमा अमेरिकी सरकारले गरेका निर्णयले विश्वलाई फाइदा पुग्ने बताउँदै मन्त्री भुसालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्व एकजुट हुनुपर्ने बताउनुभयो ।

वि.सं.२०७८ साउन २५ सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...