काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उच्च दरमा मूल्य वृद्धि भएकामध्ये तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, आईसीएफसी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म यूनियन लाइफको ९.९८ प्रतिशत र वेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ साउन २६ मंगलवार १२:२९ मा प्रकाशित