back
NMB ad

कालिका लघुवित्तको नाफामा उल्लेखीय सुधार, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासम्म आईपुग्दा नाफामा उल्लेखीय सुधार देखिएको छ ।

उक्त अवधिमा कम्पनीले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । मंगलवार कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको नाफा २९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ७३.९१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १६ करोड ७६ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष भने २९ करोड १५ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तपुँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १५ करोड ३ लाख ५५ हजार रुपैयाँ राखेको छ । कम्पनीले जगेडा तथा कोष अघिल्लो वर्षको तुलनामा ४ करोड ८२ लाख ६० हजार रुपैयाँले बढाएको हो ।

कम्पनीको खराब कर्जा भने वृद्धि भएको छ । अघिल्लो वर्ष २.९८ प्रतिशतले रहेको खराब कर्जा गत वर्ष बढेर ६.२० प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...